नेपालद्वारा पपुवा न्यूगिनी ६ विकेटले पराजित

आईसीसी विश्वकप छनोट प्रतियोगिताको प्लेअफ अन्तर्गत आज भएको खेलमा नेपाल ६ विकेटले विजय भएको छ। आजको जितेसँगै नेपालको डिभिजन एकमा रहने पक्का भएको छ।

तर एकदिवसीय मान्यता पाउनको लागि हङकङ र नेदरल्याण्डको खेल कुर्नुपर्ने भएको छ।

आजको खेल हारेसँगै सन २०१४ देखी एकदिवसीय मान्यता पाएको पपुवा न्यूगिनीले एकदिवसिय मान्यता गुमाएको हो।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउन आजका खेलमा हङकङको हार जरुरी छ। यदि हङकङ विजयी भए नेपालले फेरि हङकङलाई पनि हराउनुपर्ने हुन्छ।