आयोज़क लाली रुपन्देही ११ बिरुद्ध नेपाल पुलिस क्लब बीच पहिलो सेमी-फाइनल आज

मनोज थापा

२०औ तिलोत्तमा गोल्ड कप २०७४ प्रतियोगिता अन्तरगत आज हुने पहिलो सेमी-फाइनल खेलमा आयोज़क लाली रुपन्देही ११ को सामना नेपाल पुलिस क्लब संग |

आयोज़क लाली रुपन्देही ११ ले प्रतियोगिता को उद्घाटन खेल मा सुदुर पश्चिम ११ लाई २-0 ले पराजित गर्दै प्रतियोगिता को पहिलो क्वाटर फाइनलमा नवलपरासी ११ लाई ३-१ले पराजित गर्दै सेमी-फाइनल को यात्रा तय गरेको थियो तेसै गरि नेपाल पुलिस क्लब ले अर्को विभागीय टोलि सस्त्र प्रहरी बल लाई १-0 को अन्तरले पराजित गरेको थियो |

खेल दिउसो ३ बजे , एन्फा टेक्निकल सेन्टर , देवीनगर मा हुने छ |