आर्मीलाई हराउदै मनांग तिलोत्तमा गोल्ड कप को सेमी- फाइनलमा

मनोज थापा

आज भएको २०औ तिलोत्तमा गोल्ड कप प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल अन्तर्गत मनांगले चिर प्रतिद्वन्दी नेपाल आर्मीलाई 0 का बिरुद्ध ३ गोलले पराजित गरेको छ, मनांगको लागी ४०औ मिनट मा राष्ट्रिय खेलाडी बिशाल राई ले अग्रता दिलाएका थिए भने उनैले खेलको ८९औ मिनट मा मनांग को बद्हत दोब्बर परेका थिए, यसै गरि खेल को अन्तिम समय ९३औ मिनट मा भिक्टर ले मनांग को स्कोर लाइन ३-0 बनाएका थिए |

खेलको ६७औ मिनट मा मनांग का ड़ोना थापा दोहोरो पहेलो कार्ड खादै मैदान बाट बाहिरिएका थिए.खेल समयमा मनांग को निम्ति २ गोल गरेका बिशाल राई आज को म्यान अफ द म्याच घोसित भएका थिए