२० औ तिलोत्तमा गोल्ड कप २०७४ अन्तर्गत एपीफ बिरुद्ध पुलिसको कठिन जित

मनोज थापा :

२० औ तिलोत्तमा गोल्ड कप २०७४ अन्तर्गत आज भएको दोश्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लबले एपीफ बिरुद्ध कठिन जित हात परेको छ|

पहिलो हाफ मा एपीफ का गोल रक्षक अमृत चौधरीले पुलिस को तर्फ बाट प्रहार गरिएका ३ प्रयास विफल पारे भने दोश्रो हाफ मा पनि २ प्रयास विफल पारेका थिए, तर खेल को ७२ औ मिनटमा नेपाल पुलिस को तर्फ बाट तेज तामांगले पुलिसलाई अग्रता दिलाए, खेल को अन्तिम समय एपीफको तर्फबाट गरिएको गोललाई रेफ्रीले अयोग्य ठहर गरे पछि एपीफ प्रतियोगिता बाट बाहिरिएको छ |

खेल अवधि भर उत्कृस्ट प्रदर्शन गरेका तेज तामांग , आज को खेल को ” म्यान अफ द म्याच ” घोसित भए , नेपाल पुलिस क्लबले आज को जित , पुर्ब राष्ट्रिय फुटबल कप्तान हरी खड्का को जन्मदिन परेको हुदा यो जित वहालाई समर्पित गरेको छ |
अब सोमबार प्रतियोगिताको तेश्रो क्वाटर फाइनल खेल रुस्लन थ्री स्टार र फ्रेन्ड्स क्लब बीच हुने छ |

 

Leave a Reply

Your email address will not be published.