आर्मीसँग हारको बदला लिने – झापा ११

झापा गोल्डकपको उपाधिका लागि सोमबार फाईनल प्रतिस्पर्धा हुँदैछ । फाइनलमा यस सिजनको ६ प्रतियोगिताको उपाधि विजेता त्रिभुवन आर्मी र आयोजक रमपम झापा ११ बीच प्रतिस्पर्धा हुन लागेको हो।

झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र रुस्लान थ्री स्टार क्लबलाई हराएर फाइनल यात्रा तय गरेको हो भने आर्मीले विभागिय टोली नेपाल पुलिस र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो।

आइतबार बिर्तामोड स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको म्याच कन्फरेन्समा आर्मीका कप्तान भरत खवासले झापाको खेल उत्कृष्ट रहेको र बलियो प्रतिद्वन्दी भएकाले उपाधि दाबेदारकै रुपमा लिएको बताए ।

झापा गोल्डकपको उपाधि उचालिसकेको आर्मी बलियो टोली रहेको र हरेकपल्ट आर्मी सँगै पराजित भएको भन्दै यसपालिको उपाधि जित्ने प्रयासमा रहेको बताउँदै पहिलो र दोस्रो गोल्डकपमा पराजित भएको बदला लिएर छाड्ने झापा ११ का प्रशिक्षकले बताए ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५१ हजार रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने आयोजकका अध्यक्ष गिरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.