रम पम झापा गोल्डकप : आर्मी फाइनलमा प्रवेश ,उपाधिका लागि सोमबार आर्मी र झापा भिड्ने

रम पम झापा गोल्डकप अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।

आज भएको दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गर्दै आर्मीले फाइनलमा प्रवेश गरेको हो।

खेलको सुरुवातमै आर्मीका लागि नवयुग श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो।

आजको खेलको ‘म्यान अफ द म्याच’ आर्मीका गोलकिपर विकेश कुथु घोषित भए। उनले नगद २५ हजार हात पारेका छन्।

अब सोमबार आर्मी र झापा ११ उपाधिका लागि भिड्ने छन्।

Leave a Reply

Your email address will not be published.