नवलपरासीलाई १ को बिरुद्ध ३ गोलले हराउदै लाली रुपन्देही ११ तिलोत्तमा गोल्डकप २०७४ प्रतियोगिताको सेमीफाईनल प्रवेश

मनोज थापा

रुपन्देही , बुटवलमा जारि २० औ तिलोत्तमा गोल्ड कप २०७४ को पहिलो क्वाटर फाइनल खेलमा आयोज़क लाली रुपन्देही ११ ले नवलपरासी ११ लाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै सेमी फाइनल प्रवेश गरेको छ।

खेलको २१ औ मिनटमा आयोज़क का लागि अशोक थापाले अग्रता दिलाएका थिए भने नवलपरासीका तर्फ बाट कोलिले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए तेसै गरि खेलको दोश्रो हाफमा लाली रुपन्देहीले पाएको पेनाल्टी को सदुपयोग गर्दै निशान लिम्बुले अग्रता दोब्बर बनाए र खेल को अन्तिम अतिरिक्त समयमा पाएको सुन्दर अवसर को उपयोग गर्दै अशोक थापाले लाली रुपन्देही को स्कोर ३-१ बनाएका थिए।

यसै गरि खेल अवधि भरि उत्कृस्ट प्रदर्शन गरेका गौरब थापा मगर ” म्यान ओफ द म्याच ” घोसित भएका छन्।

भोलि हुने दोश्रो क्वाटर फाइनल खेल नेपाल पुलिस क्लब र सशस्त्र सुरक्षा बल (एपीफ) बीच हुने छ।

Leave a Reply

Your email address will not be published.