विश्वकप क्रिकेट छनोट : नेपाल फेरी पनि पराजित

विश्वकप क्रिकेट छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डद्वारा नेपाल ४ विकेटले पराजित भएको छ।

नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ अाेभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो।

आइसीसी विश्वकप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएपछि नेपालको सुपरसिक्समा पुग्ने सम्भावना निकै कठिन बनेको छ। लगातार ३ खेलमा जित निकालेको स्कटल्याण्ड सुपरसिक्समा पुगेको छ।

अब शनिबार नेपालले हङकङसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published.