विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा, प्रत्येक सदस्यलाई सरकारले ३/३ लाख रुपैयाँ

फागुन २० गतेदेखि जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आइतबार विज्ञप्ति मार्फत पारस खड्काको कप्तानीमा राष्ट्रिय टिम घोषणा गरेको हो।

विश्वकज क्रिकेटका लागि आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १५ नियमित र ४ बैकल्पिक खेलाडीको सूची सार्वजनिक गरेका हुन्।

टोलीमा सबै खेलाडीहरु आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू कै छन्। विश्वकप छनोटमा १५ जनाको टिम हुने भएकाले ललित राजवंशीले टिममा स्थान बनाएका छन्।

नेपाली टिम :
पारस खड्का (कप्तान),
ज्ञानेन्द्र मल्ल (उप–कप्तान),
शक्तिप्रसाद गौचन,
बसन्त रेग्मी,
शरद भेषावकर,
सोमपाल कामी,
करण केसी,
आरिफ शेख,
सन्दीप लामिछाने,
दीपेन्द्रसिंह ऐरी,
दिलीप नाथ,
ललित भण्डारी,
अनिलकुमार साह,
रोहितकुमार पौडेल र ललितनाराण राजवंशी
वैकल्पिक खेलाडी :- सुनिल धमला, विनोद भण्डारी, सिद्धार्थ लोहनी र किशोर महतो।

विश्वकप छनौटको लागि छनौट भएको नेपाली टोलीका प्रत्येक सदस्यलाई सरकारले ३/३ लाख रुपैयाँ नगद दिने भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज क्रिकेट खेलाडीलाई सम्मान गर्न भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीले विश्वकप छनौटमा स्थान बनाएर देशको शीर उँचो बनाएको भन्दै ३/३ लाख रुपैयाँका दरले सम्मान गर्ने घोषणा गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published.