थ्री स्टारलाई २-० ले पराजित गर्दै नेपाल आर्मीले जिते सिमरा गोल्डकपको उपाधी

यस पटकको सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ। बाराको सिमरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार क्लवलाई २-० ले पराजित गर्दै नेपाल आर्मीले उपाधी जितेको हो।

आर्मीका लागि दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे।

उपाधिसँगै आर्मीले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ। आर्मीले यसअघि २०७१ सालमा सिमरा गोल्डकपको उपाधि जितेको थियो।

Leave a Reply

Your email address will not be published.