अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाईनलमा

यू-१९ विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया पुगेको छ। न्यूजिल्याण्डमा चलिरहेको प्रतियोगिताको सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाईनलमा पुगेको हो।

१८२ रनको लक्ष्य अष्ट्रेलियाले ३७ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो। अष्ट्रेलियाका जेम्स इडवार्डसले ७२ रन बनाए।

अफगानस्तानका कुईस अहमदले २ विकेट लिए\। पहिले ब्याटिङ गरेको अफगानिस्तानले इकराम अलि खिलको ८० रन मद्दतमा १८१ रन बनाएको थियो। अफगानिस्तानलाई सस्तैमा समेट्न अष्ट्रेलियाका जोनाथन मेर्लाेले ४ विकेट लिए।

Leave a Reply

Your email address will not be published.