स्यान्टु र दिपलाई डबल्स उपाधि

नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र दिप साउनले त्रिभुवन आर्मी क्लबका नारायण घिमिरे र कृष्ण थापामगरलाई पराजित गर्दै पुरुष डबल्सको उपाधि जितेका छन् ।

पुलिसको जोडीले ११-३, ११-२, ११-५ को सोझो सेटमा आर्मीलाई पराजित गर्दै फाइनल उपाधि जितेको हो । सेमिफाइनलमा आर्मीको जोडीले पुलिसका प्रदिप रोक्का र विनेश खनिया तथा स्यान्टु र दिपले एपीएफका पुरुषोत्तम बज्राचार्य र अमरबहादुर मल्ललाई पराजित गरेका थिए ।

महिलातर्फ डबल्सको फाइनलमा पुलिसका एलिना महर्जन र नविता श्रेष्ठको जोडीले आर्मीका स्वेच्छा नेम्बाङ्ग र रबिना महर्जनको जोडीसँग भिड्दैछन् ।

Leave a Reply

Your email address will not be published.