सुदूरपश्चिम खप्तड गोल्डकप : रुपन्देही ११ लाई ४-० ले पराजित गर्दै मनाङ सेमीफाइनलमा

धनगढीमा भइरहेको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत आज भएको खेलमा रुपन्देही ११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमीफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा भएको क्वार्टरफाइनलको अन्तिम खेलमा रुपन्देही ११ लाई ४-० ले पराजित गर्दै मनाङ सेमीफाइनलमा पुगेको हो।

खेलको २० औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै पहिलो हाफमा खेललाई १–० को अवस्थामा पुर्याएका थिए। दोस्रो हाफमा मनाङले थप ३ गोल गरेको थियो। मनाङका लागि ५५ औँ मिनेटमा सुजल श्रेष्ठ, ८२ औँ मिनेटमा विशाल राई र ८३ औं मिनेटमा विमल रानाले गोल गरेका थिए।

शुक्रबारको खेल सकिएसँगै सुदूरपश्चिम खप्तड गोल्डकपमा सेमिफाइनलको समिकरण पूरा भएको छ। सेमिफाइनलमा पुग्ने चार टिमको टुङगो लागिसकेको छ। प्रतियोगिता अन्तर्गत शनिबार मनाङ र आर्मीबीच सेमिफाइनलको पहिलो खेल हुने छ भने सेमिफाइनलको दोस्रो खेल आइतबार सुदूरपश्चिम ११ र एपिएफबीच हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *