त्रिभुुवन आर्मीलाई राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि

राखेप च्याम्पियनशीप कबड्डी प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लवले हात पारेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका-१ मा आयोजित प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ आर्मीले उपाधी हात पार्न सफल भएको हो।

पुरुषतर्फ आर्मीले पश्चिमाञ्चललाई २५ का विरुद्ध ३९ ले हराउँदा महिलातर्फ आर्मीले सुदूर पश्चिमाञ्चललाई २२ का विरुद्ध ३९ ले हरायो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नागेश्वर थारु र आर्मीकी मेनुका राजवंशी घोषित भए। उनीहरुले नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त गरे।

Leave a Reply

Your email address will not be published.