खप्तड गोल्डकप फुटवल : आर्मी सेमिफाइनलमा

धनगढीमा चलिरहेको खप्तड गोल्डकप फुटवलको सेमिफाइनलमा नेपाल आर्मी क्लव पुगेको छ। कैलालीको धनगढीमा बिहीबार भएको खेलमा थ्री स्टार क्लवलाई २-१ ले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो।

आर्मीका लागि नवयुग श्रेष्ठ र सुमन अर्यालले गोल गर। खेलको म्यान अफ द म्याच बनेका भरत खवासले १० हजार रुपैयाँ पाए।

एन्फाको लापरबाहीले एएफसीकपको प्लेअफ खेल्न नपाएपछि दोषीलाई कारबाही र क्षतिपुर्तीको माग गर्दै अघिल्लो वर्षको कात्तिकदेखि थ्री स्टारले कुनै पनि प्रतियोगितामा भाग नलिने बताएको थियो।

प्रतियोगितामा शुक्रबार मनाङ मस्र्याङदी र रुपन्देही ११ खेल्ने छ।

Leave a Reply

Your email address will not be published.