एपिएफलाई राष्ट्रिय महिला फुटबलको उपाधि

सशस्त्र प्रहरीको एपिएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ। सुपरलिग अन्तर्गत बिहीबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो। उपाधिसँगै एपीएफले २ लाख पुरस्कार पाएको छ।

एपिएफका लागि सावित्रा भण्डारीले २ तथा सरु लिम्बूले एक गोल गरिन्। सुपरलिगमा भएका तीन खेलमध्ये सबै खेल जितेको एपीएफले ९ अंक जोड्दै उपाधि जितेको हो।

यस्तै सुपरलिगको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमलाई ७–० गोलले हराउँदै नेपाल आर्मी उपविजेता बनेको छ। आर्मीका लागि कृष्णा खत्री एक्लैले ५ गोल गरिन् भने शर्मिला थापा र विमला चौधरीले १/१ गोल गरे।

उपविजेता आर्मीले १ लाख रुपैयाँ पुरस्कार पायो। यस्तै सुपरलिगको अन्तिम खेलमा एपिएफसँग पराजित भए पनि तेश्रो बनेको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ पुरस्कार पायो।

Leave a Reply

Your email address will not be published.