सुदूरपश्चिम खप्तड गोल्डकप : संकटालाई पराजित गर्दै एपिएफ सेमिफाइनलमा

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब प्रवेश गरेको छ। बुधबार भएको क्वार्टरफाइनलमा एपिएफद्वारा संकटा क्लब २-० ले पराजित गरेको हो।

एपिएफका लागि दुबै गोल खेलको २३ औँ र ८५ औँ मिनेटमा अन्जन विष्टले गरेका थिए।

२ गोल गरेका विष्टले खेलको म्यान अफ द म्याच हुँदै नगद १० हजार प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *