नेत्रहीन विश्वकप क्रिकेट : बंगलादेशद्वारा नेपाल ४ विकेटले पराजित

पाकिस्तानमा भइरहेको पाँचौ नेत्रहिन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल फेरी पराजित भएको छ। बुधबार बंगलादेशद्वारा नेपाल ४ विकेटले पराजित भएको हो।

पाकिस्तानको लाहोरमा नेपालले दिएको २३५ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २३४ रन बनाएको थियो। नेपालका लागि कप्तान कृतन श्रेष्ठ दुवालले ६६ रन बनाए ।

मंगलबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानद्वारा नेपाल ९ विकेटले पराजित भएको थियो।

नेपालले अब तेस्रो खेल आगामी शनिवार श्रीलंकासँग युएईमा खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *