राष्ट्रिय महिला फुटबल : नेपाल पुलिस र एपीएफ विजयी

राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा आज नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन्।

एन्फा कम्पलेक्स सातदोबाटोमा भएका खेलमा पुलिसले सुदुरपश्चिमलाई १-० ले र एपीएफले आर्मीलाई २-१ ले पराजित गरेको हो। पुलिसलाई जिताउन एक मात्रै गोल रुपा थापा मगरले गरिन्।

एपीएफको जितमा भने अनिता केसी र अनिता बस्नेतले गोल गरिन्।

सुपरलिगमा पुगेका चार टोलीले तीन तीन वटा खेल खेल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *