खप्तड गोल्डकप : डुकस्टारलाई ३-२ ले पराजित गर्दै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ। प्री क्वाटरफाइनलमा भुटानको डुकस्टार क्लबलाई ३-२ ले पराजित गर्दै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको हो।

पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोस्रो हाफमा थप १ गोल गर्‍यो भने २ गोल खाएको थियो । रुपन्देही ११ का लागि अमर डङ्गोलले २२ औँ र ३८ औँ मिनेटमा गोल गरे भने मनिष थापाले ६९ औँ मिनेटमा तेस्रो गोल गरे।

भुटानको डुकस्टार क्लबकोतर्फबाट ५८ औँ मिनेटमा क्वीन्गा चव्गे र अतिरिक्त समयको दोस्रो मिनेटमा एसी दोर्जीले गोल गरेका थिए।

खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङ्गोल भए।

क्वाटरफाइनलमा अब रुपन्देही ११ बाइ पाएर क्वाटरफाइनलमा पुगेको मनाङ मर्स्याङग्दीसँग भिड्ने छ। बुधबार सेमीफाइनल प्रवेशका लागि सिएमजी संकटा र एपीएफ बीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published.