काउटिन्हो र बार्सिलोनाबीच ५ वर्षको सम्झौता

स्पानिस जायन्ट बार्सिलोनाले फिलिप काउटिन्होसँग ५ वर्षको लागि सोमवार सम्झौता गरेको छ। शनिवारै बार्सिलोना पुगेका काउटिन्होले सोमबार मात्र बार्सिलोनासँग सम्झौतामा हस्ताक्षर गरेका हुन्।

Image result for coutinho barca

सम्झौतापछि काउटिनहोलाई नोउक्याम्पसमा अफिसियल प्रिजेन्टेसन गरिएको थियो।

Image result for coutinho barca

त्यसअघि उनले आइतबार बार्सिलोना र लेभान्टेविरुद्धको खेल हेरेका थिए भने उनलाई मिडियामाझ प्रस्तुत समेत गरिएको थियो। काउटिन्होलाई बार्सिलोनाले १४२ मिलियन पाउण्डमा लिभरपुलबाट क्लब भित्र्याएको हो।

Image result for coutinho barca

काउटिन्होले तत्कालै बार्सिलोनाको जर्सी खेलेको हेर्न भने अझै ३ साता कुर्नुपर्ने भएको छ। स्वास्थ्य परिक्षणका क्रममा उनको दायाँ थाईमा चोट रहेका कारण उनले ३ साता खेल्न नसक्ने क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published.