राष्ट्रिय एथलेटिक्स भोलिदेखि सुरु

राखेप च्याम्पियनसिप अन्तर्गत ४२ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आइतबारदेखि सुनसरीको इटहरीमा सुरु हुँदैछ। प्रतियोगितामा जम्मा १७१ खेलाडीको सहभागिता रहने एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरी यादवले जनाएका छन्।

३ विभागीय टोली (पुलिस, आर्मी र एपीएफ) बाट २७ का दरले ८१ खेलाडी सहभागी हुनेछन्। एक विभागीय टोलीबाट १५ पुरुष र १२ महिला खेलाडी रहने छन्। त्यस्तै ५ विकास क्षेत्रबाट ९० खेलाडीले भाग लिने छन्। विकास क्षेत्रमा पुरुष-महिलालाई समान ९–९ कोटा दिइएको छ।

प्रमुख प्रशिक्षक यादवका अनुसार पुरुषमा १९ र महिलामा १८ गरी जम्मा ३७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published.