क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेको खबर आएको छ। रोनाल्डोले रियल मड्रिडसँग आफूले क्लब छोड्न चाहेको र अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलियन युरो तोक्न आग्रह गरेको बेलायती पत्रिका डेलीरेकर्डले दाबी गरेको छ।

Image result for ronaldo

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान इच्छा देखाएका छन्। उनले आवश्यक पर्ने भए दुई क्लबलाई यस बारेमा जानकारी गराउन पनि रियल मड्रिडसँग आग्रह गरेका छन्।

Image result for ronaldo

रोनाल्डोल सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौतामा उनको रिलिज क्लब एक बिलियन युरो रहेको छ। रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भागको एक भाग वा त्यो भन्दा कम राख्न आग्रह गरेका छन्।

Related image

अहिले रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी तथा पिएसजीका नेइमार भन्दा कम पारिश्रमिक पाउने गरेका छन्। यस्तै रियल मड्रिड नेइमारलाई क्लब भित्र्याउन लालाइत रहनुले पनि रोनाल्डो निराश भएका छन्।

Leave a Reply

Your email address will not be published.