इपिएल : ललितपुरलाई हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि विराटनगरसँग खेल्ने

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको अन्तर्गत आज भएको खेलमा भैरहवा ग्ल्याडियटर्स फाइनलमा पुगेको छ। बिहीबार भएको दोश्रो प्लेअफमा ललितपुर प्याट्रियोट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइनल पुगेको हो।

भैरहवाले उपाधिका लागि अब शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा ललितपुरले दिएको १३३ रनको लक्ष्य भैरहवाले ३ बल बाँकी छदा ७ विकेट गुमाएर भेट्टायो।

अन्तिम ओभरमा १३ रन चाहिएकोमा लागि रोहित पौडेलले लगातार दुई छक्का हानेर भैरहवालाई जिताएका हुन्। उनी २८ रनमा नटआउट। यसअघि पहिले व्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो। उसका लागि जयकिशन कोल्सावालाले ४२, सन्नी पटेलले २४ र कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए।

भैरहवाले उपाधिका लागि अब शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *