म्यानचेस्टर सिटीको लगातार १७ औँ जित, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीको खेल बराबरीमा रोकियो

प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीद्वारा बोर्नमाउथ ४–० ले पराजित भएको छ। म्यानचेस्टर सिटीको यो लिगमा लगातार १७ औं जित हो।

Manchester City extended their Premier League winning record to 17 as they eased to a 4-0 win over Bournemouth

घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा सर्जियो अग्युरोले दुई गोल गरे भने रहिम स्ट्रर्लिङ र डानिलोले एक एक गोल गरे। २७ औं मिनेटमा अग्युरोको गोलबाट सिटीले सुरुवाति अग्रता लियो। पहिलो हाफमा १–० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप तीन गोल गर्यो।

Sergio Aguero headed in at the back post to opening the scoring for Manchester City after 27 minutes

५३ औं मिनेटमा स्ट्रर्लिङले अग्रता दोब्बर पारे।

Winger Raheem Sterling made it 2-0 when he latched onto a sumptuous through ball from Aguero 

७९ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए। खेल सकिन ५ मिनेट बाँकी हुँदा डानिलोले गोल गरेसँगै सिटीले लिगमा ४–० को जित निकाल्न सफल भयो।

Aguero then doubled his tally for the day and added a third for City as he rose to meet Bernardo Silva's cross

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको लिगको आधा खेल सकिँदा ५५ अंक भएको छ।

United star man Juan Mata had earlier scored twice to put the visitors on course for three precious Premier League points

राति नै भएको खेलमा १० खेलाडीमा सीमित भएको लेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग २–२ को बराबरीमा रोकिएर अंक बाँड्न बाध्य भएको हो।

Leave a Reply

Your email address will not be published.