५ मिनेट भित्र ३ गोल, आर्सनल र लिभरपुलको खेल बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको रोमाञ्चक खेलमा आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन्। शीर्ष चारमा आफूलाई पुर्‍याउने होडमा रहेको आर्सनलले पहिलो गोल गरेको ५ मिनेट भित्रमा गोल संख्या ३ पुर्‍याए पनि जित भने निकाल्न सकेन।

Philippe Coutinho points to his head after using it to score for the first time in his Liverpool career and put them 1-0 ahead

अवे मैदानमा भएको खेलमा २६ औं मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो।

Mohamed Salah runs away with his arms aloft as Petr Cech looks dejected after the Egyptian put Liverpool 2-0 ahead

५२ औं मिनेटमा मोहम्मद सालहले लिभरपुलका लागि गोल गर्दै अग्रता दोब्बर पारे।

Mesut Ozil celebrates after scoring Arsenal's third goal in the space of five minutes to turn a two-goal deficit around

तर ५३ औं मिनेटमा एलेक्स सान्चेले आर्सनलका लागि पहिलो गोल गरे। ५६ औं मिनेटमा ग्रानिट जाकाले आर्सनलका लागि गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

Alexis Sanchez began the comeback with a close-range header after beating Liverpool defender Joe Gomez to a cross

त्यसको दुई मिनेटपछि मेसुट ओजिलले गोल गर्दै सुरुमा पछि परेको आर्सनललाई ३-२ को अग्रता दिलाए।

Granit Xhaka brought the game back on level terms two minutes later with a trademark thunderous long-range effort

तर ७१ औं मिनेटमा रोबर्टो फिरमिनोले लिभरपुलका लागि सुन्दर बराबरी गोल गरे र टिमलाई हारबाट जोगाए।

Roberto Firmino brought Liverpool back on level terms after Arsenal players left him free on the edge of their penalty area

बराबरीपछि चौथो स्थानको लिभरपुलको १९ खेलबाट ३५ तथा लिगको आधा खेल सकिँदा ३४ अंकसहित आर्सनल पाँचौँ स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *