फिफा वरियतामा नेपाल १७१ औँ स्थानमा, शीर्ष स्थानमा जर्मनी

विश्व फुटबल वरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको हो।

अघिल्लो महिना फिफाले जारी गरेको वरियतामा नेपालले ६ स्थान फड्को मार्दै १७० औं स्थान पाएको थियो। त्यस्तै नेपालभन्दा मुनि भुटान १८७ औं, बंगलादेश १९७ औं, श्रीलंका २०० औं र पाकिस्तान २०१ औं स्थानमा छन्।

विश्व बरियताको शीर्ष स्थानमा जर्मनी, दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना, पाँचौंमा बेल्जियम, छैटौंमा स्पेन, सातौंमा पोल्याण्ड, आठौंमा स्वीट्जरल्याण्ड, नवौंमा फ्रान्स र दशौं स्थानमा चिली छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *