भारतसँग नेपालको लज्जासपद हार

बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपको दोस्रो खेलमा भारतद्वारा नेपाल १०-० ले पराजित भएको छ। मंगलबार भएको खेलमा भारतद्वारा नेपाल १०-० ले पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो। पहिलो खेलमा आइतबार बंगलादेशद्वारा नेपाल ६-० ले पराजित भएको थियो।

भारत र बंगलादेश लिग राउन्डको एक खेलअघि नै फाइनल पुगेका छन्। आजै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३-० ले हराएको थियो। भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भएको थियो।

समान २ खेल जितेका बंगलादेश र भारत फाइनल प्रवेश गर्दा दुवै खेल हारेका नेपाल र भुटान च्याम्पियनसिपबाट बाहिरिएका छन्।

लिग राउन्डको अन्तिम दिन बिहीबार च्याम्पियनसिपबाट बाहिरिएका नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने छ भने अर्को खेल भारत र बंगलादेशबीच हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *