यू-१६ एसिसी क्रिकेट : नेपालले मलेसियालाई ७२ रनले पराजित गर्दै फाइनलमा प्रवेश

यू-१६ एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा आज नेपालद्वारा मलेसिया पराजित गर्दै फाइनलमा पुगेको छ।

नेपालले दिएको १२८ रनको लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमा अलआउट भएपछि नेपाल ७२ रनले विजयी भएको हो।

मलेसियालाई सस्तैमा सिमित गर्न सूर्य तामाङले ४ तथा प्रतिष जिसीले ३ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको हो।

नेपालका प्रतिश जिसिले २५, विशाल विक्रम केशीले १५ तृतराज दाशले १३, राज मगर र ऋत गौतमले ११ रन बनाएका छन्।

अब फाइनलमा नेपालले सिंगापुरसँग भिड्ने छ।

Leave a Reply

Your email address will not be published.