भारतद्वारा श्रीलंका १४१ रनले पराजित, रोहितको कीर्तिमानी दोहोरो शतक

दोश्रो एकदिवसीय क्रिकेटमा भारतद्वारा श्रीलंका १४१ रनले पराजित भएको छ।

भारतको चण्डिगढमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोलीले दिएको ३९३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५१ रन मात्रै बनाएपछि भारत विजयी भएको हो।

श्रीलंकाका लागि एन्जेलो म्याथुजले १११ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन। भारतका युवचन्द्र चाहलले ३ तथा जसप्रित बुमराहले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको दोहोरो शतकको मद्दतमा ३९३ रन बनाएको थियो। शर्माले आफ्नो तेश्रो दोहोरो शतक बनाउने क्रममा १५३ बल खेलेर १३ चौका र १२ छक्कासहित २०८ रन बनाएका थिए। यस्तै श्रेयास आयरले ८८, शिखर धवनले ६८ रनको योगदान दिए।

जितसँगै भारतले श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृङ्खला बराबरीमा ल्याएको छ। यसअघि पहिलो एकदिवसीयमा श्रीलंका विजयी भएको थियो।

तेस्रो तथा निर्णायक खेल बिशाखापट्नममा आगामी आइतबार हुनेछ।

Leave a Reply

Your email address will not be published.