यू-१६ क्रिकेट : नेपालद्वारा हङकङ ४ विकेटले पराजित

यू-१६ क्रिकेट प्रतियोगितामा नेपालद्वारा हङकङ ४ विकेटले पराजित भएको छ।

प्रतियोगितामा लगातार दोश्रो जीत हात पार्ने क्रममा हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो। नेपालका तृतराज दाशले २७ र राजन मगरले १७ रन बनाए।

थाईल्याण्डमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले ३५ ओभरमा ९ विकेट गुमाउँदै ८२ रन बनाएको थियो। हङकङलाई ८२ रनमा रोक्ने क्रममा नेपालका प्रतिस जिसीले ३ विकेट लिए।

हिजो नेपालले थाइल्याण्डलाई १३३ रनले हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *