नेपाल युएईसँग ६३ रनले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको दोस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ। यसअघि नै डिभिजन २ मा घटुवा भएको नेपाल युएईसँग शुक्रबार भएको खेलमा ६३ रनले पराजित भएको हो।

सोमपाल कामीले ५ विकेट लिएपछि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएइलाई ४९.२ ओभरमा १९५ रनमा अलआउट गर्‍यो। जवाफमा आएको नेपाल ४२.२ ओभरमा १३२ रनमा सीमित भयो । नेपालबाट ज्ञानेन्द्र मल्लले ४२ र विनोद भण्डारीले २५ रन बनाए।

नेपाल बुधबार भएको पहिलो खेलमा पनि युएईसँग ७ विकेटले पराजित भएको थियो।

नेपालले फेब्रुअरीमा विश्व क्रिकेट लिग डिभिजन २ का पुछारका ४ टोलीहरू केन्या, युएई र नामिबियासँगैं ओमान र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *