शाख्तर डोनेस्ट्कद्वारा म्यानचेस्टर सिटी २–१ ले पराजित, अपराजित यात्रा टुंगियो

हिजो रातिको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी पछिल्ला २९ खेलमा पहिलो पटक पराजित भएको छ। म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा युक्रेनको क्लब शाख्तर डोनेस्ट्कद्वारा २–१ ले पराजित भएको हो।

Shakhtar's players celebrate with Bernard after the midfielder gave the Ukrainians the lead with a wonderful curling effort

अवे मैदानमा भएको खेलमा समूह एफ मा रहेको म्यानचेस्टर सिटी शाख्तरका खेलाडीले पहिलो हाफमा गरेको गोलका कारण पराजित भएको हो। शाख्तरका लागि बेर्नार्डले २६ औं तथा ३२ औं मिनेटमा इस्माइलीले गोल गरे।

म्यानचेस्टर सिटीका लागि इन्जुरी समयमा पाएको पेनाल्टीमा सर्जियो अग्युरोले एक गोल फर्काए । पराजित भए पनि सिटी समूह एफ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाइसकेको छ।

Guardiola rotated for the clash though he still included Fernandinho, Ederson, Leroy Sane and Gabriel Jesus in City's XI
यस्तै शाख्तर समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। म्यानचेस्टर सिटी पछिल्लो पटक गएको सिजन एफ ए कपको सेमिफाइनलमा आर्सनलसँग २–१ ले पराजित भएको थियो।

Facundo Ferreyra tries to reach the ball ahead of Eliaquim Mangala as Fernandinho (left) and Taras Stepanenko watch on

यस्तै समूह ‘जी’ अन्तर्गत बुधबार राति नै भएको खेलमा समूह विजेता बनेको बेसिक्टासद्वारा आरबी लेइप्जिग २–१ ले तथा समूह उपविजेता बनेको एफसी पोर्टोद्वारा मोनाको ५–२ ले पराजित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *