लिभरपुलले स्पार्टक मस्कोलाई ७–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश

इंग्लिस क्लब लिभरपुल शानदार जितका साथ च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ। समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलद्वारा स्पार्टक मस्को ७-० ले पराजित भएको हो।

Liverpool made the perfect start with Philippe Coutinho's early penalty after Mohamed Salah was pushed to the ground

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन फिलिप कोन्टिन्होले ह्याट्रिक गरे। उनले चौथो मिनोटमा पाएको पेनाल्टीबाट गोलको खाता खोलेका हुन्।

It was 3-0 after just 18 minutes when Firmino capitalised on a defensive error to finish instinctively against Spartak Moscow

यस्तै १५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेको कोन्टिन्होले ५० औं मिनेटमा गोल गदैं ह्याट्रिक पूरा गरे। उनले ह्याट्रिक गर्नुअघि रोबर्छो फिर्मिनोले १८ औं तथा साडिओ मानेले ४७ औं मिनेटमा गोल गरेका थिए।

Sadio Mane added the fourth goal three minutes after half time with a powerful volley from a perfect James Milner cross

मानेले ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ६–० को अग्रता लियो । ८६ औं मिनेटमा मोहमद सालहले गोल गर्दै लिभरपुललाई ७–० को जित दिलाए। शानदार जित दर्ता गरेको लिभरपुल समूह इ को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो। उसको ६ खेलबाट १२ अंक भएको छ।

Coutinho completed his hat-trick just two minutes after Mane's goal, in front of the Kop, with a heavily deflected shot

यस्तै राति नै भएको खेलमा एनके मारिबोरसँग १–१ को बराबरीमा रोकिएको स्पेनिस क्लब सेभिल्ला समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। सेभिल्लाको ९ अंक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *