बार्सिलोनाद्वारा स्पोर्टिङ लिस्बोन २-० ले पराजित

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाद्वारा स्पोर्टिङ लिस्बोन २-० ले पराजित भएको हो।

Jeremy Mathieu is floored after scoring a late own goal for his former team Barcelona

बार्सिलोनाको जितमा पाको अलकेसरले गोल गरे भने अर्को एक गोल स्पोर्टिङका जेरेमी म्याथ्युले आत्मघाती गोल गरे।


लियोनल मेस्सी ६१ औं मिनेटमा मैदान छिरेको हो।  अन्तिम खेलसम्म अन्तिम १६ मा पुग्ने सम्भावनाका लागि संघर्ष गरिरहेको स्पोर्टिङको सपना बार्सिलोनाका अलकेसरले ५९ औं मिनेटमा गरेको गोल तथा स्पोर्टिङका म्याथ्युले इन्जुरी समयका गरेको आत्मघाति गोल बाधक बन्यो।

यस्तै यहि समूहको युभेन्टसको जित पनि उसको बाटोमा बाधक बन्यो। जितपद्धि समूह ‘डी’ को विजेता बार्सिलोनाको १४ अंक भयो।

यस्तै राति नै भएको खेलमा युभेन्टसद्वारा ओलम्पिआकोस २-० ले पराजित भएको छ। अवे मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन कुएड्राडो र बेर्नाडेस्चीले गोल गरे। युभेन्टसको ११ अंक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *