बार्यन म्युनिखद्वारा पिएसजी ३–१ ले पराजित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बार्यन म्युनिखद्वारा पेरिस सेन्ट–जर्मेन (पिएसजी) पराजित भएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बुण्डेस लिगा क्लब बार्यन म्युनिखद्वारा लिग वान क्लब पिएसजी ३–१ ले पराजित भएको हो।

Corentin Tolisso celebrates after scoring his second and Bayern Munich's third as they beat Paris Saint-Germain in Munich

पराजित भए पनि पिएसजी समूह ‘बी’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो। बार्यनको जितमा रोबर्ट लेवानडोस्कीले १ गोल गरे भने कोरेन्टिन टुलिसोले २ गोल गरे। पिएसजीका लागि केलियन एमबाप्पेले एक गोल फर्काए।

Robert Lewandowski put Bayern ahead after just seven minutes but despite the result PSG still finish top of Group B

जितपछि बार्यनको १५ अंक भयो। पिएसजीको पनि १५ अंक नै भए पनि गोल अन्तरका आधारमा उ समूह विजेता बन्यो। समूह ‘बी’ अन्तर्गत राति नै भएको खेलमा सेल्टिक एन्डरलेक्टसँग १-० ले पराजित भएको छ।

Kylian Mbappe headed home from Edinson Cavani's wonderful flick to briefly give the French side some hope

Leave a Reply

Your email address will not be published. Required fields are marked *