ओलम्पिक : रुसमाथि प्रतिबन्ध

रुसले आउँदो वर्ष हुने विन्टर ओलम्पिक खेल्न नपाउने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले रुसलाई आउँदो वर्ष हुने विन्टर ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

आइओसीको हेडक्वाटर स्वीट्जरल्याण्डको लाउसान्नेमा हुने विशेष बैठकले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो। रियो ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसमाथि आउँदो फेब्रुअरी ९ देखि सुरु हुने विन्टर ओलम्पियकमा पनि खेल्न नपाउने भएको हो।

आइओसीको विशेष कमिटिले यस विषयमा निर्णय गर्नु अघि मंगलबार रुसी खेलाडीले सरकारको सहयोग र संलग्नतामै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको सम्बन्धमा भएको १६ महिना लामो अनुसन्धानको प्रतिवेदन र त्यसको सुझावनको अध्ययन गरेको थियो।

रुसलाई ओलम्पिक पावर हाउसको रुपमा लिने गरिन्छ। आइओसीको निर्णयको रुसमा तीब्र आलोचना भएको छ। त्यहाँका केही राजनीतिज्ञले प्रतियोगिता बहिस्कार गर्नु पर्ने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *