यू-१५ साफ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली महिला टोलीको घोषणा

यू-१५ साफ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। आगामी पुस २ गतेदेखि ९ गतेसम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि एन्फाले २० सदस्यीय टोलीको घोषणा गरेको हो।

प्रतियोगिताका लागि करिना दाहाल, बतीसा राजवंशी, पुष्पा गुरुङ, सरिस्मा थापा, मनमाया विक, सुस्मा राई , सुरक्षा सिंह, सरस्वती हमाल, प्रिती राई, अस्मिता चौधरी, मुना मगर, निकिता ठोकर, सबिता राना मागर, सुस्मा जिटि, अंजली चन्द, अस्मिता रानपाल, निकिता धमला, सुप्रिया रजक, रिया बानु र अस्मिता गुरुङलाई टोलीमा समावेश गरिएको छ।

४ टिम सहभागी प्रतियोगितामा राउण्ड रोबिन लिगपछि शीर्ष २ स्थानमा रहने टोली फाइनलमा पुग्नेछ। नेपालले आउदो पुस २ गते बंगलादेशसँग, ४ गते भारतसँग र ६ गते भुटानसँग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *