म्यानचेस्टर सिटीद्वारा वेष्ट ह्याम युनाइटेड २–१ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले कीर्तिमानी १३ औं जित दर्ता गरेको छ। लिग अन्तर्गत आइतबा राति भएको खेलमा म्यानचेस्टर सिटीद्वारा वेष्ट ह्याम युनाइटेड २–१ ले पराजित भएको हो।

पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो। ४४ औं मिनेटमा एन्जेलो ओग्बोन्नाले हेड मार्फत गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाति अग्रता दिलाए।

The City skipper latched on to Kevin de Bruyne's cross to guide the ball past Adrian with less than 10 minutes remaining

तर दोस्रो हाफमा पेप गार्डिवलाको टिमले राम्रो प्रदर्शन गर्‍यो। ५७ औं मिनेटमा निकोलस ओटामेन्डीले सिटीका लागि बराबरी गोल फर्काए। ८३ औं मिनेटमा डेविड सिल्भाले केविन डि ब्राउनको पासमा गोल गर्दै सिटीलाई २–१ को जित दिलाए।

Silva moved quickly to enter the Hammers penalty area unmarked and unseen as he stabbed home the winner

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १५ खेलबाट ४३ अंक भएको छ र उसले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी फेरि ८ कायम गरेको छ। पुछारबाट दोस्रो स्थानमा रहेको वेष्ट ह्यामको १० अंक मात्रै छ।

Pep Guardiola celebrates as he again watches his City side snatch the three points late on as they regain their eight point lead

राति नै भएको खेलमा बोर्नमाउथ र साउथह्याम्पटनले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *