गेटाफेद्वारा भ्यालेन्सिया १-० ले पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा गेटाफेद्वारा भ्यालेन्सिया १-० ले पराजित भएको छ। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भ्यालेन्सियाले यो सिजनमा पहिलो हार गेटाफेसँग बेहोरेको हो।

घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा अ्ररामबार्री दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो । तर त्यसको फाइदा भ्यालेन्सियाले लिन सकेन। ६६ औं मिनेटमा गेटाफेका लागि बेर्गाराले गोल गरे। त्यो गोल नै उसको जितमा निर्णायक बन्यो।

हारपछि दोस्रो स्थानको भ्यालेन्सियाको १४ खेलबाट ३१ अंक भएको छ। शीर्ष स्थानको बार्सिलोनाको ३६ अंक छ। तेस्रो स्थानको एथ्लेटिको मड्रिडको ३० तथा चौथो स्थानको रियल मड्रिडको २८ अंक रहेको छ। १९ अंकसहित गेटाफे आठौं स्थानमा छ।

राति नै भएका अरु खेलमा लेगानेसद्वारा भिल्लारियल तथा एइबरद्वारा स्पानियोल समान ३–१ तथा लास पालमसद्वारा रियल बेटिस १–० ले पराजित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *