विश्वकप फुटबलको ड्र सार्वजनिक

आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ।

शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो।

विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन्।

विश्वकपमा डेब्यु गरेको आइसल्याण्डले अर्जेन्टिनासँग आउँदो जुन १६ मा मस्कोमा खेल्ने छ।

Leave a Reply

Your email address will not be published.