नेपाल केन्यासँग भोलि अभ्यास खेल खेल्दै

युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग आइतबार भोलि एक दिवसीय अभ्यास खेल खेल्दै छ।

विश्व क्रिकेट लिग च्याम्पीयन्सीपअन्तर्गत घरेलु टोली युएईसँग अन्तिम चरणको खेल खेल्न गएको नेपालले दोस्रो अभ्यास खेलमा केन्यासँग खेल्न लागेको हो।

युएईविरुद्ध हुने खेललाई नेपालले आगामी फेब्रुअरीमा नामिबियामा हुने डिभिजन टू प्रतियोगिताको तयारीका रुपमा लिएको छ। सोे प्रतियोगिताको फाइनल पुग्न सके नेपालले एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान पक्का गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *