अभ्यास खेलमा अमेरिकाद्वारा नेपाल ५ विकेटले पराजित

आज शुक्रबार भएको पहिलो अभ्यास खेलमा अमेरिकाद्वारा नेपाल ५ विकेटले पराजित भएको छ।

खेलमा पहिले ब्याटिङ गरेको नेपालले ३६ ओभर १ बलमात्र क्रिजमा टिकेर ८९ रन बनाउन सक्यो। नेपालका चार खेलाडीलेमात्र दोहोरो अंक जोडेको इनिङ्समा बसन्त रेग्मीले सर्वाधिक २१ रन जोडे। जवाफमा अमेरिकाले २२ ओभर ३ बलमै ५ विकेटकै क्षतिमा विजय हासिल गर्‍यो।

ओपनिङ ब्याट्सम्यान सइद अब्दुल्लाहले सर्वाधिक ४४ रन बनाएको अमेरिकी इनिङ्समा नेपालका सोमपाल कामी र सागर पुनले २/२ विकेट लिए। यो खेलमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई भने आराम दिइएको थियो।

दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले आइतबार केन्यासँग खेल्नेछ। नेपालले यही मंसिर २० र २२ गते युएईकै मैदानमा लिगका अन्तिम खेल खेल्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *