बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियालाई ५–० ले पराजित गर्दै समग्रमा ८–० को जितसहित अन्तिम १६ मा स्थान बनाएको हो।

Barcelona striker Paco Alcacer (left) celebrates after scoring against Murcia

पहिलो लेगमा बार्सिलोना ३–० ले विजयी भएको थियो। घरेलु मैदानमा भएको दोस्रो लेगमा शानदार जित दिलाउने क्रममा बार्सिलोनाका लागि पाको अलकेसर, जेरार्ड पिके, एलेक्स भिडाल, डेनिस स्वारेज र जोसे अर्नाइजले एक एक गोल गरे।

Gerard Pique started and completed a one-two with Aleix Vidal to score in the second half

राति नै भएको खेलमा जित निकाल्दै सेभिल्ला पनि अन्तिम १६ मा पुगेको छ। एथ्लेटिको मड्रिड र लास पालमस पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन्। तर एथ्लेटिको बिल्बाओ र रियल सोसिडाड भने अन्तिम ३२ बाटै बाहिरिन बाध्य भएका छन्।

Striker Alcacer opened the scoring with a header in the 16th minute on Wednesday nght

Leave a Reply

Your email address will not be published. Required fields are marked *