फ्रेन्च लिग : पिएसजीद्वारा ट्रोएस २-० ले पराजित, पिएसजीको अपराजित यात्रा कायम

फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेनद्वारा ट्रोएस २-० ले पराजित भएको छ। यसरी पिएसजीले अपराजित यात्रा कायम राखेको छ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि नेमार र कभानीले दोस्रो हाफमा गोल गरे। कभानीले पेनाल्टीमा गोल गर्न नसक्दा पिएसजीले पहिलो हाफमै अग्रता लिने मौका गुमाएको थियो।

Edinson Cavani points to and thanks Neymar who set him up to double the lead late on

यता दोस्रो स्थानको मोनाको नान्ट्सँग १-० ले पराजित भएपछि लिग लिडर पिएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ। फ्रेन्च लिगमा यस सिजन अपराजित रहने एक मात्र टोली बनेको पिएसजीको १५ खेलबाट ४१ अंक भएको छ।

The 30-year-old misses a first-half penalty after he was brought down in the Troyes area

समान खेलबाट ३१ अंक जोडेको साविक विजेता मोनको चौथो स्थानमा झरेको छ। नान्ट्सलाई जित दिलाउन लिमाले निर्णायक गोल गरेका थिए।

Neymar looked lively as ever throughout the game as PSG took home all three points at home

यता मेट्जसँग २-१ ले पराजित भएपछि लियोनले दोस्रो स्थानमा उक्लने मौका गुमायो। त्यसैको फाइदा उठाउँदै मार्से लिलेलाई ३-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *