एसियन गेम्सको लागि निर्वाचन पछि नेपालको तयारी सुरु

सन् २०१८ मा इन्डोनेसियाको जाकार्ता हुने एसियाली खेलकुद एसियन गेम्समा सहभागिताका लागि मात्र नभई परिणामुखी नतिजा मुख्य लक्ष्य बनाएर सहभागिता जनाउने नेपाल ओलम्पकि कमिटीका (एनओसी) का जीवन राम श्रेष्ठले बताएका छन्।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाडलाई लक्षित गरी विभिन्न तयारी भइरहेको जानकारी दिए।एसियन गेम्सकै ‘सेफ डे मिसन’ बैठकमा भाग लिन ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा र सुजनलाल श्रेष्ठको टोली जाकार्ता जाने भएको छ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर-८ बाट चुनावी प्रतिस्पर्धामा रहेकाले उपाध्यक्ष राणा नेतृत्वको टोली जाकार्ता जान लागेको हो ।

इन्डोनेसियाको जाकार्ता र पालुङबाङ सहरमा हुने एसियन गेम्समा विभिन्न ४० खेलका ४६२ विधामा प्रतिस्पर्धा हुनेछ। नेपालले पदकको सम्भावना र लोकप्रियताको आधारमा सहभागी हुने खेलहरुको छनोट गर्ने जनाइएको छ।

एसियन गेम्सका पछिल्ला संस्करणहरुमा नेपालको सहभागिता खराब छ।

सन् २०१४ मा भएको इन्चोन एसियाडमा नेपालकी विमला तामाङले कराँतेमा कास्यपदक जितेकी थिइन् भने २०१० को ग्वान्जाउ एसियाडमा बक्सिङका दीपक महर्जनले एकमात्र कास्यपदक जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *