विश्वकप फुटबल २०१८ को अफिसियल पोस्टर सार्वजनिक

अर्को वर्ष सन् २०१८ रुसमा हुने विश्वकप फुटबलको अफिसियल पोस्टर सार्वजनिक भएको छ।

रुसको राजधानी मसकोमा मंगलबार सार्वजनिक गरिएको पोस्टरमा सोभियत युनियनमा महान गोलकिपर लेभ यासिनलाई फोकस गरिएको छ। उनी आलोन डे’ओर अवार्ड जित्ने एक मात्र गोलकिपर समेत हुन्।

सन् २०१४ जुन १४ देखि जुलाई १८ सम्म हुने २१औँ विश्वकप फुटबलको अफिसियल ड्र यही शुक्रबार मस्कोमा हुँदैछ। जसमा लागि विश्वकपमा सहभागि हुने ३२ टोलीलाई चार पटमा विभाजन गरिएको छ र हरेक पटमा ८ टोली रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *