रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरीमा रोकिए पनि समग्रमा ४–२ को जितसहित रियल मड्रिड अन्तिम १६ मा पुग्न सफल भएको हो।

१९ पटकको कप विजेता रियल मड्रिडका लागि दोस्रो लेगमा ६२ र ७० औं मिनेटमा गरी मायोरलले गोल गरेका हुन्।

Mayoral salutes the Bernabeu supporters after dragging the home side ahead

त्यसअघि २५ औं मिनेटमा मिल्लाको गोलबाट फुएनलाब्रादाले अग्रता लिएको थियो। ८९ औं मिनेटमा पार्टिल्लाले फुएनलाब्रादाका लागि बराबरी गोल गरे।

Luis Milla silences the Bernabeu supporters with his shock opener in the first half

लेगानेस, सेल्टा डि भिगो र लेभान्टे पनि समग्रमा जित निकाल्दै कोपा डेल रे को अन्तिम १६ मा पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *