यू-१५ साफ महिला फुटबल : नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने

यू-१५ साफ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ।

एसियाली फुटवल महासंघ एएफसीले बुधबार सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले पहिलो खेल ढाकामा पुस २ गते बंगलादेशसँग खेल्नेछ।

यस्तै दोस्रो खेल पुस ४ गते भारतसँग र पुस ६ गते भुटानसँग खेल्नेछ। राउण्ड रोविन लिगअनुसार हुने खेलमा शीर्ष २ स्थानमा रहने टोली पुस ९ गते फाइनल खेल्नेछन्।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानका गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *