एसीसी यु-१६ क्रिकेट च्याम्पियनसिपका लागि नेपाली युवा टोली २३ गते थाइल्यान्ड प्रस्थान गर्ने

थाइल्यान्डमा मंसिर २५ गतेदेखि सुरु हुने एसीसी यु-१६ क्रिकेट च्याम्पियनसिप इस्टर्न रिजनका लागि नेपाली युवा टोलीको दोस्रो चरणको छनोट भएको भएको छ।

एसीसी प्रतिनिधिकारुपमा नेपाली यु–१९ टोलीका प्रशिक्षक विनोद दासको नेतृत्वमा यु–१६ टोलीका प्रशिक्षकद्वय जंगबहादुर थापा र दीपेन्द्र चौधरीको टोलीले एक साताको बन्द प्रशिक्षणबाट दोस्रो चरणमा २२ खेलाडी छनोट गरेको हो।

पूर्वप्रधानमन्त्री सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतिभा खोजबाट क्षेत्रीय छनोट हुँदै २२ खेलाडी छानिएको हो। मंसिर १ गते नेपाल क्रिकेट संघअन्तर्गतका सबै ९ क्षेत्रबाट ४ खेलाडीका दरले प्रारम्भिक छनोट गरिएको थियो।

प्रारम्भिक छनोटमा क्षेत्रको प्रतिनिधित्व गर्दै आएका ३६ खेलाडीमा प्रदर्शनका आधारमा प्रशिक्षकहरुले ९ खेलाडी थपेर पहिलो चरणमा ४५ जनाको टोलीलाई बन्द प्रशिक्षण शिविरमा राखेका थिए। पहिलो चरणको प्रशिक्षण शिविर मंसिर ७ बाट सुरु भएको थियो।

नेपाली युवा टोलीले मंसिर २२ गतेसम्म कीर्तिपुर मैदानमा प्रशिक्षण गर्नेछ र टोली २३ गते थाइल्यान्ड जाने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *